२०८१ जेष्ठ ४ - Fri May, 2024 -

Janasewa News

नेप्से परिसूचक २०.६४ अंकले वृद्धि

काठमाडौं । शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिनको (सोमबार) कारोबारमा वृद्धि भएको छ । आज भएको कारोबारको सुरुवातमा ओरालो लागेको नेप्से बजारमा शेयर खरिदकर्ता हाबी हुँदा दिनभरीको तिव्र उतारचढावका बीच परिसूचक २०.६४ अंकले बढेर २९४७.३८ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स पनि ३.७० अंकले बढेको छ । यस्तै फ्लोट इण्डेक्स १।४० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.१५ अंक बढेको छ ।

सोमबार कारोबार भएका २२४ कम्पनीको १ करोड ४४ लाख ७४ हजार कित्ता शेयर ७ अर्ब ९० करोड १८ लाख ९० हजार रुपैयाँ बराबरको किनबेच भएको छ । अघिल्लो दिन आइतबार ९ अर्ब माथिको कारोबार भएको थियो । यसरी हेर्दा आइतबारको तुलनामा कारोबार रकममा भने कमि आएको छ ।

सोमबार नेप्सेका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढ्दा ५ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य र म्युचुअल फण्ड उपसमूहको परिसूचक बढेको छ । तर यता विकास बैंक, वित्त, लगानी, लघुवित्त र व्यापार उपसमूहको परिसूचक घटेको छ ।

सोमबार कारोबारमा आएको मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किटको तहमा कारोबार भएको छ । त्यस्तै, सनराइज ब्लुचीप फण्डको इकाई मूल्य र सिंगटी हाइड्रोपावर तथा सीईडिबी हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले बढेको छ ।

कारोबार रकमका आधारमा ४४ करोड ५४ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री गरेर अरुण भ्याली हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । त्यस्तै , अपि पावरको ४१ करोडको शेयर कारोबार भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com