२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

नेकपा एमालेले पार्टी र जनसंगठनका सम्पूर्ण कार्यक्रम स्थगित

काठमाडौं । नेकपा एमालेले पार्टी र जनसंगठनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको छ । कोरोना भाइरसको महामारी पुनः बढेपछि एमालेले आफ्ना सम्पूर्ण कार्यक्रम स्थगित गरेको हो ।

एमाले कार्यालय सचिव डा। भीष्मराज अधिकारीले पार्टीको प्रदेश अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशनका साथै जनसंगठनका महाधिवेशन, अधिवेशन लगायतका कार्यक्रमहरु स्थगित गरिएको बताए ।

२५ जनाभन्दा बढी मान्छे सहभागी हुने सबै प्रकारका कार्यक्रम स्थगित गरेपनि सो संख्याभन्दा बढी सहभागी हुने जुम बैठक, छलफल गर्न सकिने जनाएको छ । बुधबार सचिव अधिकारीले प्रदेश, जिल्ला, जनसंगठनलाई पत्राचार गर्दै पूर्व निर्धारित कार्यक्रमहरु स्थगित गर्न निर्देशन दिएको बताए ।

कोरोना भाइरसको तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न उनले आग्रह गरेको बताए ।

पार्टीका आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम २५ जनाभन्दा बढी सहभागी नहुने गरी आवश्यक सतर्कता अपनाइ आयोजना गर्न र स्थानीय नेता–कार्यकर्ता र जनप्रतिनिधिले महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ ।

एमालेले माघ ८ गते सबै प्रदेशको प्रदेश अधिवेश, फागुनमा जनसंगठनका महाधिवेशन अधिवेशन सम्पन्न गर्ने कार्यक्रम यसअघि सार्वजनिक गरेको थियो । तर, पूर्व निर्धारित ति सबै कार्यक्रम स्थगित भएको छ ।
यस्तै, गत पुस २३ गते जिल्ला अधिवेशन गरेको एमालेले वाँकी रहेका २० भन्दा बढी जिल्लाहरुको अधिवेशनसमेत पछि गर्ने जनाएको छ ।

कोरोना संक्रमण, आन्तरिक विवाद तथा प्रतिकुल मौसमका कारण केही जिल्ला अधिवेशन समयमै सम्पन्न गर्न नसकिएको एमालेले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com