२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

ट्रिप्परले ठक्कर दिँदा २७ वर्षका प्रकाश लिम्बूको मृत्यु

काठमाडौं । काठमाडौंको कोटेश्वरमा टिप्परको ठक्करबाट गएरति एक युवकको मृत्यु भएको । प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा मोरङ पथरीका २७ वर्षीय प्रकाश लिम्बू रहेका छन् । उनलाई म‌‌गलबार राति ११ बजेतिर टिप्परले ठक्कर दिएको थियो ।

उनी प्रदेश – ३–०२६ प १८२४ नम्बरको मोटरसाइकलबाट कोटेश्वरतर्फ जाँदै गर्दा तीनकुनेमा ना १ क ४५०२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलको पछाडि सवार काभ्रेका ३१ वर्षीय देव लामा पनि गम्भीर घाइते भएका छन् ।

हाल उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीको भनाइ छ । लिम्बूको पनि उपचारको क्रममा राति मृत्यु भएको प्रहरीको भनाइ छ ।

ठक्कर दिने ट्रिपरका चालकलाई कीर्तिपुरको सुन्दरीघाटबाट पक्राउ गरिएको छ । उनलाई प्रहरीले बुधबार बिहान लुकिरहेको अवस्थामा त्यहाँबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । पक्राउ परेको चालकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com