२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

बलिउडकी सुपरबोल्ड अभिनेत्री ईशा गुप्तालाई ९ जनवरीमा कोरोना संक्रमण

काठमाडौं । बलिउडकी सुपरबोल्ड अभिनेत्री ईशा गुप्तालाई ९ जनवरीमा कोरोना संक्रमण भएको थियो । कोरोना पुष्टि भएसँगै अभिनेत्री गुप्ताले निरन्तर आफ्नो स्वास्थ्यको बारेमा जानकारी दिदै आएकी छन् ।

नेगेटिभ रिपोर्टको पर्खाईमा ईशा

ईशा गुप्ताले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउन्टको स्टोरीमा एउटा भिडियो सेयर गरेकी छन्, जसले सबैको ध्यान तानिरहेको छ । अभिनेत्रीले क्याप्सनकम लेखेकी छन्, ‘सँधै नेगेटिभ रिपोर्टको पर्खाईमा । कोरोनाले यातना मात्र दिन्छ ।’

अझैँपनि नेगेटिभ रिपोर्ट आएन

ईशा गुप्ताको उक्त क्याप्सनबाट पनि स्पष्ट हुन्छ कि अभिनेत्री अझै कोरोना संक्रमित नै छन् । नेगेटिभ रिपोर्टको पर्खाईमा छन् । ईशा गुप्ता आफैंले इन्स्टाग्राममार्फत् कोरोना संक्रमण भएको जानकारी दिएकी थिइन् ।

ईशाले आफ्नो इन्स्टा स्टोरीमा लेखेकी थिइन्, ‘सबै सुरक्षा मापदण्ड पालना गर्दा पनि कोरोना संक्रमित भएँ । म कोभिड नियमको पालना गर्दैछु । घरमै क्वारेन्टाइनमा बसेको छु । मलाई आशा छ पहिले भन्दा बलियो भएर फर्कनेछु । तपाईंहरु सबै सुरक्षित रहनुहोस् र मास्क लगाउनुहोस् । आफ्नो ख्याल राख्नुहोस्

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com