२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

राष्ट्रिय किसान आयोगले मनायो ५ औँ वार्षिक उत्सव

काठमाडौँ,। कृषि तथा पशुपक्षि विकास मन्त्री महिन्द्र राय यादवले कृषि क्षेत्रमा बजेट कम भएको बताएका छन् । राष्ट्रिय किसान आयोगको ५ औँ वार्षिक उत्सवको भर्चुअल माध्यामबाट उद्घाटन गर्दै उनले कृषि क्षेत्रमा बजेट नै कम छुट्याइएको बताएका हुन् । साथै उनले आयोग किसानको आयोग हुनुपर्ने बताउँदै अवका दिनमा किसानका विभिन्न संघ संगठनहरुलाई एउटै संगठनमा जोड्न निर्देशन पनि दिए ।

यसका साथै मन्त्री यादवले कृषि देशको मेरुदण्ड भएको भन्दै भण्डारण, बजारीकरण लगायतका कुरामा ध्यान दिएर मन्त्रालयले काम गरिरहेको पनि बताए । ‘पहिला किसान अनि देश र त्यसपछि पार्टिको कुरा आउँछ’ किसान आयोगलाई कार्यकालको सुभकामना दिँदै उनले भने,‘कृषि देश विकासको मेरुदण्ड भएका कारण हामीले कृषि क्षेत्रको विकासका लागि रणनीति बनाएर काम गरिरहेका छौ । जसमा किसानको सहयोग चाहिन्छ ।’

यसैबीच कृषि तथा पशुपक्षि विकास मन्त्रालयका पशु तर्फका सचिव नीरु दाहालले जुन उदेश्यले किसान आयोग गठन भएको छ, त्यो अनुरुप काम गर्न आग्रह गरिन् । अहिलेसम्म आयोगले राम्रो काम गरिरहेको बताउँदै उनले वास्तविक किसानका समस्या सरकारसम्म ल्याउन निर्देशन समेत दिइन् ।

राष्ट्रिय किसान आयोग को ५ औँ वार्षिक उत्सव

राष्ट्रिय किसान आयोगले विभिन्न कार्यक्रमको आयोजना गरी ५ औँ वार्षिक उत्सव मनाएको छ । कोरोना संक्रमण फैलिरहेको अवस्थालाई ध्यान दिँदै भर्चुअल माध्यामबाट कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा सरकारी निकायका साथै किसानको हकहितमा आवाज उठाउँदै आएका विभिन्न संघ संगठनका प्रतिनिधि उपस्थित रहेका थिए । उनीहरुले किसान आयोगलाई सुभकामना दिँदै किसानहरुका समस्याको समाधान गर्न महत्वपूर्ण भूमिका खेत्नु पर्ने बताएका छन् ।

नेपाल पिछडा वर्ग महासंघका देवी कृष्ण न्यौपानेले सफलताको सुभकामना दिँदै किसान आयोग सातै प्रदेशमा स्थापना हुनु पर्ने माग गरे । यसका साथै उनले किसान परिचय पत्र, समयमा मल, बिउ उपलब्ध नहुनु दुखत भएको बताउँदै यस विषयमा किसान आयोगले सरकारलाई घचघच्याउनु पर्ने माग पनि गरे । यस्तै अखिल किसान महासंघका उपाध्यक्ष कमलराज श्रेष्ठले आयोग संवैधानीक हुनु पर्ने माग गरे । ‘किसान आयोग सम्पुण किसानको समस्याको आवाज उठाउने र कार्यान्वयन गर्ने खाल्को हुनु पर्यो’ उनले भने,‘अवको ५ वर्षका कृषि रणनीति आयोगले बनाउनु पर्यो र सरकारले त्यसको कार्यान्वयन गर्नु पर्यो ।’

यता कार्यक्रमको समापन गर्दै किसान आयोगा अध्यक्ष प्रेम प्रसाद दंगालले जति पनि आएका सल्ला सुझावलाई ध्यानमा राखि अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायीकरण र विविधिकरण गरी किसानको हकहितको संरक्षण एवं प्रवद्र्धन गर्न तथा कृषि सम्बन्धी ऐन, कानून, नीति तथा योजना तर्जुमाको साथै कृषि अनुसन्धान र प्रसारमा सरकारलाई किसान आयोगले सहयोग गर्दै आइरहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com