२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

सिके राउतको पार्टीका हिंसात्मक गतिविधि रोक्न सरकारसँग जसपाको माग

काठमाण्डौ । जनता समाजवादी पार्टी जसपाले हिंसात्मक गतिविधि रोक्न सिके राउत नेतृत्वको जनमत पार्टीलाई चेतावनी दिएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिका सदस्य एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले जनमत पार्टीलाई लक्षित गरी गौर हत्याकाण्ड दोहोर्याउने चेतावनी दिएको भनी विरोध भइरहेका बेला जसपाले भने जनमत पार्टीलाई चेतावनी दिएको हो ।

जसपा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले निकाल्नुभएको विज्ञप्तिमा राउतका आपराधिक र गैर राजनीतिक क्रियाकलाप रोक्न सरकारसँग माग गरिएको छ ।

जसपाले रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रमलाई जनमत पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढङ्गबाट लाठी, भाटा, ढुङ्गा आदि लिइ यस कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने आतङ्क मच्चाउने र हिंसा भड्काउने जस्ता गैर(राजनीतिक एवम् आपराधिक क्रियाकलापमा संलग्न रहेका दाबी गर्दै त्यस्तो काम नगर्न चेतावनी दिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com