२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

प्रदेश – २ को स्थायी राजधानी वीरगञ्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय

वीरगञ्ज । प्रदेश – २ को स्थायी राजधानी जनकपुर तोकिएपछि वीरगञ्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय भएको छ ।

बुधबार बसेको चार राजनितिक दलको संयुक्त बैठकले वीरगञ्जलाई राजधानी बनाउन संघर्ष समिति गठन गर्ने निर्णय गरेको थियो ।

नगर सभा गृहमा बसेको बैठकमा नेपाली कांग्रेसका वीरगञ्ज महानगर अध्यक्ष भोला कलवार, लोसपाका नेता राजेशमान सिंह, मुकेश द्विवेदी, नेकपा एमाले वीरगञ्ज महानगरका सचिव सुन्दर कुर्मी, नेकपा एस महानगरका अध्यक्ष मनोज चौधरी, सचिव वृजलाल पासवान, अधिवक्ता पानालाल गुप्ता लगायतको बैठकलले वीरगञ्ज राजधानी बनाउनका लागि संघर्षको कार्यक्रम तय गर्ने निर्णय गरेको हो ।

वीरगञ्जबासीसँग धोका भएको एमालेको आरोप

नेकपा एमालेका नेता सुन्दर कुर्मीले आन्दोलनरत दलहरु वीरगञ्ज आउँदा वीरगञ्ज प्रादेशिक राजधानी बनाउने घोषणा गरेका थिए । तर त्यो पूरा नगरेको भन्दै धोका दिएको अरोप लगाए ।

‘भौतिक पूर्वाधारको हिसाबले पनि वीरगञ्ज सम्पन्न छ, मधेश आन्दोलनलाई नतिजासम्म पु¥याउन पनि वीरगञ्जबासीले उल्लेखनीय भूमिका निर्वाह गरेको हुनाले वीरगञ्जलाई नै प्रादेशिक राजधानी बनाउनुपर्ने हो । तर यहाँका जनतासँग धोका भएकोले यसको विरोधमा उत्रिन बाध्य भएका छौँ। यो निर्णय नसच्याईए विरोध जारी रहनेछ,’ कुर्मीले बताए ।

आफ्नै नेताले बेइमानी गरेः लोसपा नेता सिंह

लोसपा नेता राजेशमान सिंहले आफ्नै पार्टीको किन नहोस्,वीरगञ्जको विषयमा उहाँहरुले बेइमानी गरेको स्वीकारे गरेका छन् ।

‘अन्य पार्टीका नेताहरुले त बेइमानी गरेकै छन् । तर आफ्नो पार्टीका नेताले पनि बेइमानी गरे । केही जरुरत परे सबैलाई वीरगञ्ज नै चाहिन्छ, वीरगञ्जले नै सबैको इजत बचाएको छ । घण्टाघर साक्षी छ । हाम्रै नेताले प्रादेशिक राजधानी वीरगञ्ज हुन्छ भनेर भने । तर उहाँहरुले आफ्नो बाचाबाट पञ्छिए,’ उनले् बताए ।

वीरगञ्जमाथि भएको अन्यायको प्रतिकार हुन्छः पर्सा काँग्रेस

नेपाली काँग्रेसका पर्सा सभापति अजय द्विवेदीले वीरगञ्ज राजधानी नहुनुमा संविधानसभा सदस्यदेखि प्रदेशसभा सदस्यसम्म दोषी रहेको बताए ।

‘नेपालमा आन्दोलनको इतिहासमा वीरगञ्ज अग्रनी भूमिका निर्वाह गरेको छ । वीरगञ्जलाई आर्थिक राजधानी कसैले कृपा गरेर पाएको होइन, यहाँबाट नै उद्योगको शुरुवात भएको हो । त्यसैले आर्थिक राजधानी भनेर झारा टार्ने काम भइरहेको छ । प्रदेशको संरचना बनाउन त्यही नै त्रुटि भएको हो । जसको भुक्तानी वीरगञ्जले गरिरहेको भन्दै हामीले जनकपुरलाई सम्मान गरेका हौं । तर वीरगञ्जसँग भएको बेइमानीको विरोध गरिरहेको बताए । वीरगञ्ज शुरुदेखि नै विभेद हुँदै आएको छ । त्यसैले वीरगञ्जसँग भएको बेइमानीको प्रतिकार गरिनेछ,’ सभापति अजय द्विवदालले भने ।

आंशिक रुपमा भएपनि शहिदको सपना पूरा भएको छः सांसद यादव

जसपाका नेता तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले हाम्रो आन्दोलन राजधानीभन्दा पनि अधिकारको रहेकोले आंशिक रुपमा अधिकार पूरा भएको बताए ।

‘हाम्रो लडाई राजधानी भन्दा पनि अधिकारको समानताको थियो । त्यो लडाई आँशिक रुपमा भएपनि हामीले जितेका छौं । भन्दै संघर्षको क्रममा १ सय २४ जना सहिद भए । त्यसको आँशिक रुपमा भएपनि ‘मधेश’ प्रदेशको नामाकरणले सपना पुरा भएको छ । अब यहाँका प्रहरीको काँधमा ‘मधेश’ प्रहरी लेखिन्छ । त्यही हाम्रो संघर्षको परिणाम हो । थोरै भएपनि हाम्रो माग पुरा भएकोले यो गर्वको विषय रहेको हो,’ उनले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com