२०८१ मंसिर २७ - Thu Dec, 2024 -

Janasewa News

सुदूरपश्चिम मा थप ५५० जनामा कोरोना सङ्क्रमण

बैतडी । सुदूरपश्चिम प्रदेशमा आज थप ५५० जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा प्रदेशभर पिसीआर र एन्टिजेन विधिबाट एक हजार ५४७ जनाको नमूना परीक्षण गर्दा ५५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पिसीआरमार्फत २२४ र एन्टिजेनमार्फत ३२६ जनामा पुष्टि भएको हो । पिसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा १६७, बैतडी अस्पतालमा ३६, डडेल्धुरा अस्पातालमा २०, कमलबजार अस्पतालमा ११ र एन्टिजेनमार्फत कञ्चनपुरका २०६, कैलालीका ५८, बाजुरामा २, दार्चुलाका १४, बझाङ्गका १५, बैतडीका ७, डडेल्धुराका ९, डोटीका १३ र अछामका दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशभर ६३ जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१ का ७७ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यसअघि आइतबार यस प्रदेशमा ३८७ जनामा सङ्क्रमण पुष्टि हुँदा ४० जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१८ जनाको ज्यान गइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com