२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

बतास ग्रुपले सम्झौता उल्लंघन गरेको भन्दै मन्त्री आलेले बनाए छानबिन समिति

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिस्थित धर्मशालामा बतास ग्रुपले सम्झौता उल्लंघन गरेर काम गरेको भन्दै छानबिन समिति गठन गरेका छन् । नेपाल भारतमैत्री धर्मशालामा बतास समूहले होटल आनन्द सञ्चालन गर्दै आएको छ । त्यसमा सम्झौता उल्लंघन गरेको भन्दै मन्त्री आलेले बतास समूहमाथि छानबिन अघि बढाएका हुन् ।

यसअघि पनि बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा सम्झौता विपरीत रेस्टुरेन्ट निर्माणको काम गरेको भन्दै आलेले छानबिन समिति गठन गरेका थिए ।

पशुपतिस्थित धर्मशालाको ‘लिज आउट’ प्रकरणमा बतास समूहले सम्झौता विपरीत काम गरेको आरोप लगाउँदै आलेले छानबिन समिति गठन गरेका हुन् । आलेले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापा, पर्यटन मन्त्रालयका सहसचिव डा। टोकराज पाण्डे र देवीप्रसाद बराल रहेको तीन सदस्यीय समिति गठन गरेका छन् । उक्त समितिले सात दिनभित्र प्रतिवेदन पेस गर्ने छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com