२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिन्छः मन्त्री श्रेष्ठ

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ
काठमाण्डौ । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहको चुनाव ६ महिना पछि धकेल्न सकिने बताउनुभएको छ ।

आज बुधवार काठमाण्डौमा एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले तीन चरणमा भएको चुनावबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्ने भएकाले स्थानीय तहको चुनाव महिना पछि धकेल्न सकिने बताउनुभएको हो ।

जनप्रतिनिधिले आफूहरूले पूरा कार्यकाल चलाउन पाउनुपर्ने माग राखिरहेको भन्दै उनीहरूको माग अघि नै स्थानीय तहको चुनावको मिति घोषणा गर्न नमिल्ने तर्कसमेत उहाँले गर्नुभयो ।

कार्यकाल सकिएको ६ महिनाभित्र चुनाव गर्ने भनिएमा सबैको कार्यकाल पनि सकिने र पहिलो चुनावको मितिले ६ महिनाभित्र पनि पर्ने हुनाले त्यसरी नै चुनावको मिति निर्धारण गर्दा सबैलाई मिल्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘निर्वाचित जनप्रतिनिधिहरूले आफूहरूको कार्यकाल पाँच वर्षको हुनुपर्छ भनिरहेका छन् । यस्तो स्थितिमा सही समाधान कसरी दिने त भन्ने सन्दर्भमा हामीले अहिले बहस गरिरहेका छौँ ।

यसबारेमा विभिन्न विज्ञ, कानुन व्यवसायीसँग छलफल गरिरहेका छौँ । तर सबैको पाँच वर्ष पनि पुग्ने र पद रिक्त पनि नहुने, साँप पनि मरोस्, लाठी पनि नभाँचोस् त्यस्तो हुन सकोस् भन्नका लागि कसैको पनि पाँच वर्षभन्दा कम पनि नहोस्, सबैले पाँच वर्ष पूरा गर्न पनि पाओस् । ।

कार्यकाल सकिएको ६ महिनाभित्र भनेपछि ६ महिना नै हुनुपर्छ भन्ने भएन, त्यस हिसाबले सबैको कार्यकाल सकिने तर ६ महिनाभित्र पनि पर्ने मिति निर्धारण गर्‍यौँ भने यो सबैलाई मिल्ने हुन्छ भन्ने मलाई लागेको छ ।’

मन्त्री श्रेष्ठले निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनमा छलफल भइरहेको बताउनुभयो । प्रधानमन्त्रीले तोकेकै मितिमा चुनाव हुने उहाँले दाबी गर्नुभयो ।

उहाँले कतिपय व्यक्तिले सत्तारुढ गठबन्धनको फुटको कामना गरिरहेको भए पनि गठबन्धन नफुट्ने दाबी गर्नुभयो । चुनावअघि वा चुनाव पछिसम्म नै कुनै न कुनै रूपको गठबन्धन कायमै रहने उहाँले स्पष्ट पार्नुभयो ।

मन्त्री श्रेष्ठले जुनसुकै समयमा चुनाव गरे पनि वर्तमान सत्ता गठबन्धन पक्षधरहरूको दुई तिहाइ बहुमत आउने दाबीसमेत गर्नुभयो । गठबन्धनका लागि जुनसुकै समयमा चुनाव गरे पनि प्रतिकूलता नरहेको उहाँले जिकिर गर्नुभयो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com