२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने खेलकुद मन्त्री महेश्वर जंग गहतराज को प्रतिबद्दता

काठमाडौँ । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अगाडि बढाउन भरतपुर महानगरपालिकाले गृहकार्य थालेको छ । रंगशालाको काम अगाडि बढाउने विषयमा भरतपुर महानगरले सर्वपक्षीय अन्तर्क्रिया राखेको थियो ।

सरकारले आर्थिक सहयोग गरेमा महानगरपालिका आफैंले रंगशाला निर्माणको काम गर्ने तयारी गरेको छ ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अलपत्र पर्न नदिने प्रतिबद्दता जनाए ।उनले खेलकुद क्षेत्रको गौरवको आयोजना भएकाले यो परियोजना अलपत्र पर्न नदिने बताए ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउन मिल्ने रंगशाला नभएको भन्दै उनले सबै हिसाबले उपयुक्त ठाउँमा रहेकाले भरतपुरमा निर्माण रोकिएको रंगशाला सम्पन्न गर्नुपर्नेमा जोड दिए । कुन तरिकाले व्यवस्थापन गर्न सकिन्छ भन्ने बिषयमा मन्त्रालयको सिंगो टोली यहाँ आएको भन्दै मन्त्री गहतराजले टोलीलले अध्ययन थाल्ने बताए । रंगशाला सम्पन्न गर्न स्थानियको चासो हुनु पर्ने भन्दै उनले भने “तपाईहरु एक ढिक्का भएर नलागे परियोजना अलपत्र पर्न सक्छ ।”

केन्द्र, प्रदेश र महानगरको संयुक्त प्रयासबाट रंगशाला सम्पन्न हुने उनको भनाई थियो । खेलकुदका पूर्बाधारहरु बजेटको अभावमा अलपत्र परेका भन्दै दातृ निकायहरुसंग आर्थिक सहयोगका लागि कुराकानी समेत भईरहेको उनले बताए। रंगशाला निर्माणको जिम्मा लिएको धुर्मुश–सुन्तली फाउण्डेशनले अहिले सम्मको खर्च बिबरण यथाशिघ्र सार्बजनिक गरेर बुझाएमा काम अघि वढाउन सहज हुने मन्त्री गहतराजको भनाई थियो । राष्ट्रिय सहमती जुटेर अघि वढेको देशकै यो नमुना परियोजना भएकाले यसलाई सम्पन्न गर्न मन्त्रालयको ध्यान गएको छ,उनले भने ।

युवा तथा खेलकुद मन्त्रालयका सचिब डा. दामोदर रेग्मीले परियोजना सम्पन्न गर्न मन्त्रालय सकारात्मक रहेको बताए । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको हाल सम्मको संक्षिप्त बिबरण पेश गर्दै सो को दिर्घकालिन व्यवस्थापन गर्नका लागि महानगरपालिकाको स्रोत, साधन र क्षमताले नभ्याउने भएकाले संघिय सरकारको निर्णय आबश्यक भएको बताईन । यो महानगर भित्रको गौरबको आयोजना भएको भन्दै प्रमुख दाहालले यसमा ३० हजार भन्दा बढि नागरिकको आर्थिक रुपमा योगदान रहेको बताईन ।

कार्यक्रममा प्रदेश सभा सदस्य, राजनैतिक दलका जिल्ला स्थित प्रमुख एबं प्रतिनिधिहरु, उद्योगी व्यवसायी, खेलप्रेमी लगाएतले सुझाब दिदै यो आयोजना संघिय सरकारले सम्पन्न गरेर व्यवस्थापन गर्नु पर्नेमा जोड दिएका थिए ।आर्थिक बिषय सार्बजनिक गर्नुपर्नेमा जोड दिए पछि फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले केही दिन भित्रमानै आय–व्यय सार्बजनिक गर्ने बताए ।

यो आयोजना विषम परिस्थितिका कारण सम्पन्न गर्न नसके पनि आर्थिक रुपमा पारदर्शि गरिएको बताए । भरतपुरमा निर्माणाधिन रंगशाला आर्थिक अभावका कारण बिगत चार महिना देखि काम रोकिएको छ । सो आयोजना सम्पन्न गर्न रु ३ अर्ब हाराहारी खर्च हुने अनुमान रहेको छ । फाउण्डेसनले आर्थिक अभाव भएको भन्दै आयोजनाको स्वामित्व लिइदिन भरतपुर महानगरपालिकालाई अनुरोध गरेको छ ।

अन्तरक्रिया कार्यक्रम अघि मन्त्री गहतराज सहितको मन्त्रालयको टोलिले काम रोकिएको रंगशालाको निरिक्षण गरेको थियो । सो अबसरमा महानगर प्रमुख दाहाल, उपप्रमुख पार्बती शाह ठकुरी लगाएतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com