अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा केएल दुगड समूहका श्याम सुन्दर कनोडिया सम्मानित

काठमाडौं । विराटनगर भन्सार कार्यालयले ७० औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा केएल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ ।
केएल दुगड समूहका कनोडियालाई ब्यापार शहजीकरण एवं राजस्व संकलन कार्यमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले कनोडियालाई २०७८–१०–१२ गते अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सम्मान गर्दै प्रशम्सा पत्र प्रदान गरेको थियो ।