२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

बैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई गर्न कल सेन्टर सञ्चालनमा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई गर्न कल सेन्टर सञ्चालनमा ल्याएको छ ।

चौबीसै घण्टा सेवा उपलब्ध हुने उक्त कल सेन्टरको आइतबार मन्त्रालयमा श्रम मन्त्री कृष्ण कुमार श्रेष्ठले उद्घाटन गरे । बैदेशिक रोजगार विभाग अन्तर्गतको उक्त गुनासो सेन्टरलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयमामा नै राखिएको हो ।

अब कल सेन्टर तथा वैदेशिक रोजगारी सम्वन्धी गुनासो सुनुवाइ कक्षमार्फत् वैदेशिक रोजगारीमा रहेका समस्या, गुनासो तथा सुझाव संकलन गरी एकीकृत गरिने मन्त्रालयले जनाएको छ । उक्त सेन्टरमा विदेशमा गएर समस्यामा परेका जो कोहीले गुनासो टिपाउन सक्नेछन् ।

मन्त्रालयका अनुसार उक्त गुनासोलाई मन्त्रालयले सकेसम्म छिटो समाधान गर्नेछ । जानकारी तथा गुनासोका लागि स्वदेश र विदेशबाट निशुल्क फोन, भाइवर, फेसवुक लगाएत बिभिन्न माध्यमबाट सम्पर्क गर्न सकिने मन्त्री श्रेष्ठले बताए ।

आएका समस्या तथा गुनासोहरुलाई प्राथमिकीकरण गरी समाधान गरिनेछ, भने सेवाग्राहीलाई आफ्नो गुनासो सुनुवाइको अवस्थाबारे जानकारी समेत दिइने उनले जानकारी दिए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीको सन्दर्भमा नेपाली नागरिकलाई अलपत्र पार्ने जो सुकै संस्था वा व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारवाहीको दायरामा ल्याउने र पीडितलाई न्याय दिलाउने प्रतिबद्धता पनि जनाए ।

मन्त्री श्रेष्ठले पीडितको गुनासो सुनुवाइका लागि प्रतिउत्तर कार्यटोली तथा प्रहरीको समेत सहभागितमा मार्सल टोली गठन गरी दोषीलाई कारवाही गर्न सुरु गरिएको बताए ।

बैदेशिक रोजगारीका नाममा हुने कुनै प्रकारको रकम संकलन, ठगी लगायतका क्रियाकलापमा संलग्न व्यक्ति, मेनपावर कम्पनी वा अन्य संस्था उपर वैदेशिक रोजगार ऐन, २०६४ र अन्य सम्बद्ध कानूनवमोजिम पक्राउ गर्ने, अनुसन्धान गर्ने र आवश्यक कारवाही अगाडि बढाइने मन्त्रालयले जनाएको छ ।

विदेशमा अलपत्र बनाउने दलालको फन्दाबाट जोगाउन सरकारले यसअघि श्रम मन्त्रालयका उपसचिव विष्णु लामिछानेको नेतृत्वमा मार्सल टिम गठन पनि गठन गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com