२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

तीनै तहको निर्वाचन समयमै होस् : नेपाल बार

काठमाडौं । नेपाल बार एसोसिएसनले नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानूनका आधारमा तीनै तहका निर्वाचन समयमै गर्न भनेको छ ।

आइतबार बारले विज्ञप्तिमार्फत् संविधान र कानूनअनुसार निर्वाचन नभए लोकतन्त्र र विधिको शासनको उपहास हुने भन्दै समयमै तीनै
तहको निर्वाचन हुनुपर्ने भनेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘कुनै आग्रह, पूर्वाग्रह, अनुकूलता, प्रतिकूलतालाई विचार गरेर निर्वाचन गर्ने नगर्ने भन्ने विषय हुन सक्दैन । कुनैपनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानून विपरित मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुन जान्छ । तसर्थ नेपालको संविधान र प्रचलित निर्वाचनसम्बन्धी कानून समेतका आधारमा सबै तहका निर्वाचन समयमा नै गरि लोकतन्त्रको रक्षा र सम्बर्द्धन गर्ने कार्यमा लाग्न नेपाल सरकार तथा सम्बन्धित सबैसँग हार्दिक अपिल समेत गर्दछौं ।’

बार विधिको शासन, मानव अधिकार, स्वतन्त्र, सक्षम, निष्पक्ष न्यायपालिका, लोकतन्त्र, संवैधानिक सर्वोच्चता, पारदर्शी र जवाफदेही सरकार, बालिग मताधिकार, प्रेश स्वतन्त्रता, शक्ति पृथकीकरण, नियन्त्रण र सन्तुलन तथा कानून व्यवसायीको हक, हितको सम्बर्द्धन र प्रवद्र्धनको पक्षमा रहेको विज्ञप्तिमा भनिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com