२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न दिन्न : शिक्षामन्त्री पौडेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले राजधानीको केन्द्र केशरमहलमा रहेको केशर पुस्तकालयको सम्पत्ति व्यापारिक रूपमा प्रयोग गर्न नदिने स्पष्ट पारेका छन् ।

आइतबार केशर पुस्तकालयको अवस्थाको निरीक्षण गर्दै मन्त्री पौडेलले पुस्तकालयको बाहिर रहेको जमिन निजी प्रयोजनका लागि दिन खोजिएको समाचारप्रति ध्यानाकर्षण भएको बताए । उनले कुनै पनि प्रकारको नीजि प्रयोजकका लागि शिक्षा मन्त्रालय मातहको भौतिक सम्पती प्रयोग गर्न नदिने उल्लेख गरे ।
मन्त्री पौडेलले कहीँ कतै मन्त्रालय मातहतको भौतिक सम्पत्ति व्यापारिक प्रयोजनका लागि प्रयोग भएको भए फिर्ता ल्याउने बताए । त्यस्तै उनले भूकम्पबाट क्षति भएको पुस्तकालयको ६ महिनाभित्र पुननिर्माण हुने दावी गरे ।
बजेट लगाएको समस्या देखिए मन्त्रालयले समाधान गर्ने भन्दै उनले अनुगमनका क्रममा तोकिएको समयभित्रै पुननिर्माण गर्न निर्देशन दिइएको जानकारी दिए ।
अनुगमनका क्रममा मन्त्री पौडेले ऐतिहासिक बस्तुको संरक्षण गरी पुननिर्माण गर्न पनि निर्देशन दिएका थिए । तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरका परिवारजनले केशर पुस्तकालयसहित ३४ रोपनी जमिन सरकारलाई दान दिएपछि शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com