२०८१ जेष्ठ ३ - Thu May, 2024 -

Janasewa News

विद्यालयमा खोप लगाउन थालियो

झापा । जिल्लाका विभिन्न विद्यालयमा आइतबारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । दुई हप्ताअघि कोभिड–१९ का कारण बन्द भएका विद्यालय खोप लगाउनका लागि आजदेखि २० गतेसम्म सञ्चालनमा ल्याइएको छ ।

जिल्लाका ३६० सामुदायिकसहित झण्डै ७५० विद्यालयका विद्यार्थीलाई फाइजर खोप लगाउन सुरु गरिएको छ । जिल्लाका १५ वटै पालिकामा १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने लक्ष्य छ । पालिकाहरुमा एक लाख १० हजार डोज खोप पठाइएको स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुईँटेलले जानकारी दिए।

मेचीनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार नगरमा २३ खोप केन्द्र तोकिएको छ । जिल्लाका विभिन्न स्थानमा दुवै खोप लगाएका व्यक्तिलाई बुस्टर डोज दिन थालिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र सरकारी अस्पताललाई खोप केन्द्र तोकिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com