२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

आर्थिक वर्ष २०२२ र २३ मा भारतले नेपाललाई १२ अर्ब अनुदान दिने

काठमाडौं । छिमेकी राष्ट्र भारतले नेपाललाई १२ अर्ब (भारु ७ अर्ब ५० करोड) रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार भारतीय अर्थमन्त्री निर्मला सितारमणले लोकसभामा आर्थिक वर्ष २०२२.२३ को बजेट प्रस्तुत गर्दै नेपाललाई १२ अर्ब रुपैयाँ विनियोजन गरिएको जानकारी गराएकी हुन् ।

त्यसोत, गतवर्ष मात्र भारतले १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । तर पछि त्यसलाई घटाएर १० अर्ब ४० करोड रुपैयाँ मात्रै प्रदान गरेको थियो । भारतले नेपाललाई गतवर्ष प्रदान गरेको वास्तविक अनुदानभन्दा यस वर्ष बढी बजेट विनियोजन गरेको हो ।

नेपाललाई भारतले आर्थिक वर्ष २०१९.२० मा सबैभन्दा बढी १९ अर्ब २० करोड रुपैयाँ अनुदान दिएको थियो । २०२०.२१ मा नेपाललाई १४ अर्ब ४० करोड रुपैयाँ अनुदान प्रदान गरेको थियो ।

भारतले नेपालसहित मरिसस, सिसेल्स, म्यानमार, अफगानिस्तान, भुटान, श्रीलंका, बंगलादेश, मंगोलिया र विभिन्न अफ्रिकी देशहरू तथा मानवीय र प्राकृतिक प्रकोपका लागि ९६ अर्ब ७० करोड रुपैयाँ अनुदानका लागि विनियोजन गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com