२०८१ जेष्ठ ६ - Sun May, 2024 -

Janasewa News

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै

काठमाडौँ । एमालेको केन्द्रीय सचिवालय बैठक आज १ बजे बस्ने भएको छ । भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्ने तय भएको बैठकमा एमालेले स्थानीय तहको निर्वाचन र पार्टीका विभिन्न विभागका काम कारवाहीबारे छलफल हुने जनाइएको छ ।

आज बस्ने बैठकमा विभिन्न विषय समेटिने गरी छलफल गर्नेबारे सोमबार बसेको पार्टीको केन्द्रीय कार्यालय बैठकले निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार आजको केन्द्रीय सचिवालय बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयले स्थान पाउने बताइएको छ ।

आजको बैठकको निर्णय तथा छलफलका आधारमा एमालेको भावी कार्यदिशा तय हुने बताइएको छ । कोरोना महामारीका कारण सचिवालय बैठकमार्फत निर्णय गर्नु परेको एमालेले जनाएको छ ।

एमालेको केन्द्रीय सचिवालय अध्यक्ष ओलीसहित १९ सदस्यीय रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com