२०८१ आश्विन ५ - Sat Sep, 2024 -

Janasewa News

सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्वपूर्ण : सभामुख सापकोटा

रासस

सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पु(याउने विश्वास व्यक्त गरेका छन् ।

तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होसारको अवसरमा एक शुभकामना सन्देश दिँदै उहाँले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका हाम्रा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरे ।

तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको आफ्नै विशेषता र महत्व रहेको तथा चन्द्र पात्रोमा आधारित यो नयाँ वर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको छ ।

सभामुख सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकाले चाड पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा अपिल गरे । उनले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com