२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

दुई सय किसानलाई हातेट्याक्टर

बेसीशहर नगरपालिकाले दुई सय किसानलाई हातेट्याक्टर वितरण गरेको छ । कृषिमा यान्त्रिकरण गरी लागत घटाउने र उत्पादन बढाउने उद्देश्यले ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरिएको मेयर गुमानसिंह अर्यालले बताए ।

वैदेशिक रोजगारी पश्चात गाउँ फर्किएका युवालाई गाउँमै स्वरोजगार बनाउने र जनशक्तिको अभावमा गाउँमा बाँझो रहेका जग्गालाई पुनस् प्रयोगमा ल्याउन हातेट्याक्टर प्रभावकारी हुने अर्यालले बताए । नगरपालिकाले ७ र ६ हर्सपावर डिजेलवाला तथा ७ हर्सपावर पेट्रोलवाला गरी ३ प्रकारको मिनिटिलर हातेट्याक्टर वितरण गरेको छ ।

७ हर्षपावरको डिजेलवालाको ७० हजार, ६ हर्स पावरको ६० हजार र पेट्रोलवाला ७ हर्स पावरको ५० हजार रुपैयाँ मूल्य पर्ने मिनिटिलर ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सूर्यप्रसाद सेढाईले बताए । हातेट्याक्टरका लागि २ सय १० जना किसानको आवेदन परेकोमा २ सय जनालाई वितरण गरिएको हो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com