२०८१ बैशाख २५ - Tue May, 2024 -

Janasewa News

नेपाललाई भेटे गृहमन्त्री खाणले,

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । खाणले बुधबार बिहान अध्यक्ष नेपालको निवास कोटेश्वरमै भेटेका हुन् ।

मावन नेपालका स्वकीय सचिव मोहन गौतमका अनुसार भेटमा खास विषयमाथि कुराकानी भएको छैन । उनले भने, ‘यो नियमित भेटघाट हो । खास विषय केही थिएन ।’ तर निर्वाचन आयोगले सरकारलाई आगामी ४ जेठमा स्थानीय तहको निर्वाचन मिति सिफारिस गरेकोप्रति माधवकुमार नेपाल सन्तुष्ट छैनन् ।

उनको चाहना भने आगामी चैतमा स्थानीय तहको निर्वाचन गर्नु पर्ने भन्ने छ । यसैकारण गृहमन्त्री खाणले निर्वाचन मिति तोक्नुअघि नेता नेपालसँग राय सल्लाह लिएको स्रोतको दाबी छ । यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि बालुवाटार पुगेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com