२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

पर्सामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई मोर्डना खोप लगाईदै

वीरगञ्ज । पर्सामा आज १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई मोर्डना खोप लगाईदै छ ।

मोर्डना खोपको पहिलो डोज लगाएका तथा पहिलो डोज लगाउन छुटेका बालबालिकाहरुलाई मोडर्ना खोप लगाउन थालिएको छ ।

खोप अभियानको पहिलो दिन वीरगञ्ज महानगरपालिकामा निजी विधालयका ८ वटा तथा सरकारी विधालयका ३ वटा गरि जम्मा ११ वटा खोप केन्द्र तोकिएको छ ।

५०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा खोप केन्द्र सञ्चालन गरेर खोप दिन थालिएको र त्योभन्दा कम सङ्ख्या भएका विद्यालयको हकमा भने नजिकैको अर्को विद्यालयमा खोप केन्द्र सञ्चालन गरिएको छ ।

विद्यालय भन्दा बाहिर रहेका सो उमेर समूहका बालबालिकाहरुको हकमा नारायणी अस्पताल, वीरगञ्ज हेल्थ केयर, ग्रीनसिटी आर्दशनगर, समुदायीक सेवा केन्द्र घण्टाघरमा खोप केन्द्रको व्यवस्था गरिएको छ भने अन्य स्थानिय तहहरुमा नजिकको विद्यालयमा गएर पनि खोप लगाउन सकिने छ ।

पर्सामा आज पहिलो दिन ६ हजार बालबालिकालाई पहिलो डोज लगाउने र १२ हजार बालबालिकालाई दोश्रो डोज लगाउने लक्ष्य राखेको छ ।

यसअघिको खोप अभियानमा पहिलो चरणमा २१ हजार बालबालिकालाई मोर्डना खोपको पहिलो डोज दिईएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com