२०८१ बैशाख ११ - Tue Apr, 2024 -

Janasewa News

यू-१९ विश्वकप : अष्ट्रेलियामाथि सानदार जित निकाल्दै भारत फाइनलमा

एजेन्सी । भारत यू(१९ विश्वकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अष्ट्रेलियालाई ९६ रनले पराजित गर्दै भारत आठौं पटक फाइनलमा पुगेको हो ।

२ सय ९१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १ सय ९४ रनमा अल आउट भयो । अष्ट्रेलियाका लागि लचलान शाले सार्वधिक ५१ रन बनाए । कोरे मिलर ३८, क्याम्पबेल केल्लावेले ३०, ज्याक सिनफिल्ड २० र टम ह्टनीले १९ रन बनाए ।

भारतका अफस्पिनर विक्की ओस्टलले तीन,निशान्त सिन्धु र रवि कुमारले दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ९० रन बनाएको थियो ।

भारतका कप्तान यश धुलले १ सय १० रनको शतकीय इनिङ खेले । शेख राशिद १ सय ८ बलमा ८ चौका र १ छक्कासहित ९४ रनमा आउट भए ।दिनेश २० रनमा अविजित रहे ।

अब उपाधिको लागि भारतले शनिबार इंग्ल्यान्डसँग खेल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com