२०८० चैत्र १५ - Thu Mar, 2024 -

Janasewa News

डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिनुस् : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ‘डिजिटल नेटवर्किङ’ व्यवसायमा नजोडिन र जोडिएको भए तत्काल छोड्न सम्बद्ध सबैलाई आग्रह गरेका छन् । माओवादी केन्द्र कर्णाली प्रदेशको ‘भर्चुअल’ विस्तारित बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।

डिजिटल नेटवर्किङको माध्यमबाट देशको पूँजी विदेश पलायन भइरहेकाले यस्तो गैरकानूनी गतिविधि नियन्त्रण गर्न सरकारलाई सहयोग गर्न मन्त्री शर्माले आग्रह गरे ।

उनले प्राकृतिक साधन स्रोतमा स्थानीय जनताको स्वामित्व कायम गरी सामुदायिक पूँजी निर्माण गर्ने कार्यक्रम बनाउन कार्यकर्ताहरूलाई निर्देशन दिएका अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अर्थमन्त्री शर्माले कर्णाली प्रदेशमा समाजवादको आधार तयार गर्न उत्पादन र रोजगार अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । जिम्मेवार तहका नेताहरूले नै वडाको नेतृत्व लिएर श्रम समूह र श्रम दल बनाएर उत्पादकत्व बढाउने काममा सक्रिय हुन उनले आग्रह गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com