२०८० चैत्र १६ - Fri Mar, 2024 -

Janasewa News

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आज नेपाल आयल निगम घेराउ

काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध आज नेपाल आयल निगम घेराउ गर्ने जनाएको छ ।

पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरिरहेको नेपाल कम्युनिस्ट पार्टीले आज निगमको कार्यालय घेराउ गर्न लागेको हो ।

चन्द नेतृत्वको पार्टीले जनताको दैनिक जीवनसँग जोडिने आधारभूत वस्तुको मुल्यवृद्धि गरेकाले तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरेको छ ।

हेर्दा पेट्रोलियम पदार्थमा मात्र मूल्यवृद्धि भएको जस्तो देखिए पनि यसले चौतर्फी असर पार्ने भन्दै उनीहरुले मूल्यवृद्धि फिर्ता लिन सरकारलाई आग्रह गरेका हुन् ।

मंगलबार राति १२ बजेदेखि लागू हुने गरी साविकको बिक्री मूल्यमा पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ बढाएर पेट्रोलको प्रतिलिटर १४२, डिजल र मट्टीतेलको प्रतिलिटर १२५ कायम भएको थियो । यसको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले एक हप्ताको आन्दोलन घोषणा गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com