२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

एनसेलले ल्यायो ‘ननस्टप टाइम प्याक’

काठमाडौं । एनसेलका ग्राहकहरूले अब आफ्नो मोबाइल डेटा आवश्यकता पूरा गर्न विभिन्न समयसीमा भएका टाइम प्याकहरू लिन सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले ‘ननस्टप टाइम प्याक’ ल्याएको हो, जसमा ग्राहकले छोटो समय अर्थात् १५ मिनेट र २ घण्टाका लागि डेटा सेवा लिन सक्नेछन् ।
कम्पनीले पहिले नै वान आवर डेटा प्याक अर्थात् १ घन्टा समयावधि भएको डेटा प्याक उपलब्ध गराउँदै आएको छ र आफ्ना ग्राहकलाई उनीहरुको आवश्यकता अनुरुप सेवा उपलब्ध गराउन यी नयाँ थप दुई नयाँ डेटा प्याक ल्याएको हो ।

आफ्ना अनलाइन गतिविधिहरूका निमित्त निश्चित समयका लागि इन्टरनेटमा सुरक्षित पहुँच चाहिने ग्राहकहरूलाई यी प्याकहरु उत्तम विकल्प हुन् ।

यस योजनामा ग्राहकले कर सहित रु १० मा १५ मिनेटको डेटा प्याक पाउँछन् र त्यसैगरी २ घण्टाको डेटा प्याक रु ३० मा लिन सक्नेछन् । यी प्याकहरु सूचारु रहेको अवधिमा ग्राहकले १ एमबीपीएसको गतिमा मोवाइल इन्टरनेट सेवा पाउनेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स्१७१२३ह्यास डायल गरि वा एनसेल एप, वेबसाइट वा नजिकैको एनसेल आउटलेटबाट यी डेटा प्याकहरू लिन सक्नेछन् ।

यदि ग्राहकले प्याकको समयभन्दा बढी डेटा प्रयोग गरेमा कुनै प्याक पहिले नै सुचारु रहेको खण्डमा उक्त प्याकबाट अतिरिक्त डेटा प्रयोगको शुल्क काटिन्छ र त्यस्ता कुनै प्याक सुचारु नरहेको अवस्थामा पे एज यू गोको दर अनुसार डेटा शुल्क लाग्दछ ।

ननस्टप टाइम प्याकहरूले विशेषगरी अनलाइन मार्फत सञ्चार, सूचना आदानप्रदान र डिजिटल कारोबार जस्ता कार्यहरु गर्नका लागि निश्चित समय मोबाइल डेटा चाहिने ग्राहकहरूको सुरक्षित पहुँच सुनिश्चित गर्ने विश्वास एनसेलले लिएको छ । कर सहित रु २२ पाइने १ घण्टाको डेटा प्याक ग्राहकहरुले पहिला देखिनै मन पराउँदै आएका छन् ।

यी टाइम प्याकहरूको समयावधि ग्राहकले प्याक सूचारु गरेको समयको आधारमा गणना गरिन्छ । उदाहरणका लागि, यदि कुनै ग्राहकले १ बजे २ घण्टाको टाइम प्याक खरिद गर्दछ भने उसको प्याक प्रयोगको समयसीमा ३ बजे सम्म मान्य हुन्छ । आफ्नो डेटा कनेक्टिभिटीको आवश्यकता अनुसार, ग्राहकहरूले यी प्याकहरू जति पटक लिन सक्नेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com