२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

एक करोडले डाउनलोड गरे ‘हाम्रो नेपाली किबोर्ड’ एप

प्रकाशित : माघ २१, २०७८
काठमाडौं । नेपालकै लोकप्रिय एप हाम्रो नेपाली किबोर्डको गुगल प्ले स्टोरमा एक करोड डाउनलोड पूरा भएको छ । रोमनबाट नेपाली तथा चलनचल्तीको देवनागरीमा किबोर्ड सुविधा रहेको हाम्रो ‘नेपाली किबोर्ड’ले एक करोड डाउनलोड पूरा गरेको छ ।

सन् २०१४ मा सार्वजनिक भएको हाम्रो किबोर्ड सबैभन्दा छोटो अवधिमै दश लाखको डाउनलोड पार गर्ने पहिलो नेपाली एप भएको थियो । योसँगै हाम्रो पात्रोका दुई एन्ड्रोइड एप करोडको संख्यामा डाउनलोड हुने सूचीमा परेका छन् । यसअघि हाम्रोपात्रो एपले यो सफलता पाइसकेको छ ।

एन्ड्रोइड फोनमा नेपालीमा टाइप गर्ने सजिलो तरिका नहुँदा प्रयोगकर्ताले हिन्दी किबोर्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थाहा पाएपछि नेपाली किबोर्ड एप विकास गरिएको हाम्रोपात्रोका संस्थापक शंकर उप्रेतीले बताए । यसमा बोलेर टाइप गर्ने सुविधा (भ्वाइस टाइपिङ) मोबाइल अनुसार किबोर्डको आकार चाहे जस्तो सानो या ठूलो बनाउन सक्ने सुविधाका साथ स्टिकर्स र चाहे अनुसार थिम परिवर्तन गर्ने सुविधा पनि रहेको बताइएको छ ।

‘आज यो एप हाम्रो आफ्नै भाषामा टाइप गर्न एक करोड बढी नेपालीले डाउनलोड गरेका छन्। यो हाम्रो टोलीका सदस्यहरूको कडा परिश्रम र प्रयोगकर्ताहरूको विश्वास र समर्थनका कारण सम्भव भएको हो’, उप्रेतीले भने ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com