२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

प्रदेश–१ मा ३३७ मा कोरोना सङ्क्रमण

विराटनगर । प्रदेश–१ मा पछिल्लो २४ घण्टामा ३३७ मा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ७२४को पीसीआर परीक्षण गर्दा २२१ र ४९४ को एन्टिजेन परीक्षण गर्दा ११६ जनामा सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११०, सुनसरीमा ४९, झापामा ३१, उदयपुरमा सात, धनकुटामा दुई, सङ्खुवासभा, पाँचथर, भोजपुर र खोटाङमा एकरएक र प्रदेश बाहिरका १८ मा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ७५, सुन्दरहरैचामा आठ, बुढीगङ्गामा पाँच, उर्लाबारीमा चार, पथरीशनिश्चरे, बेलबारी र रतुवामाईमा तीन÷तीन, लेटाङ, कानेपोखरी र स्थानीय तह नखुलेका दुईरदई, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा एक÷एक, सुनसरीको इटहरीमा १६, धरानमा १२, रामधुनीमा चार, इनरुवा, बराहक्षेत्र, बर्जु र दुहवीमा तीनरतीन, हरिनगर, गढी र देवानगञ्जमा एकरएक र स्थानीय तह नखुलेका दुईरदुई जनामा सङ्क्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार झापाको भद्रपुरमा पाँच, अर्जुनधारामा चार, बाहृदशी, विर्तामोड, दमक, मेचीनगर र कमल गाउँपालिकामा तीनरतीन, शिवसताक्षी र कनकाईमा दुईरदई, कचनकवल, गौरादह र झापा गाउँपालिकामा एकरएक, उदयपुरको चौदण्डीगढीमा दुई, कटारी, त्रियुगा, उदयपुरगढी, बेलका र स्थानीय तह नखुलेका एकरएक, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा दुईरदुई, संखुवासभाको खाँदबारी, पाँचथरको फिदिम, भोजपुरको हतुवागढी र खोटाङको दिप्रुङमा एकरएक र प्रदेश बाहिरका १८ जनामा सङ्क्रमण देखिएको छ ।

प्रदेशमा आज ३७३ महिलासहित ८४६ कोरोना सङ्क्रणबाट मुक्त भएका छन् । यस प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलासहित तीन जनाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ७७ रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com