२०८१ बैशाख २३ - Sun May, 2024 -

Janasewa News

ह्यारीकी प्यारी’को सेटमा साम्राज्ञी आरएल शाह र जितु नेपाल

ह्यारीकी प्यारीको छायांकन स्थलमा कलाकारहरु विजय बराल, साम्राज्ञी आरएल शाह र जितु नेपाल

काठमाडौं । केही साताअघि छायांकन सुरु भएको चलचित्र ‘ह्यारीकी प्यारी’को सेटमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह पनि पुगेकी छन् । चलचित्रको शुभसाइतमा साम्राज्ञी उपस्थित थिइनन् । चलचित्रका मुख्य कलाकार जितु नेपालका केही दृश्यको छायांकन गरिएको थियो ।

तर, जितुले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी साम्राज्ञीसँगै देखिएका छन् । चलचित्रमा कलाकार विजय बरालको पनि मुख्य भूमिका छ ।

चलचित्रको छायांकन यतिबेला पर्वतका विभिन्न रमणीय स्थानमा भइरहेको छ । यो चलचित्रलाई कपिल रिजालले निर्देशन गरिरहेका छन् । चलचित्र ‘ह्यारी कि प्यारी’मा साम्राज्ञी र जितुको केमेस्ट्री हेर्न सकिन्छ । दर्शकका लागि यी दुईको केमेस्ट्री नयाँ हो ।

यस्तै दीपकराज गिरी र उनको टिमभन्दा बाहिरको चलचित्रमा काम गरिरहेका जितुलाई साम्राज्ञीसँग मात्र होइन, बक्स अफिसमा पनि चल्नुपर्ने दबाब छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com