२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले लिए च्याउ खेती तालिम

लमजुङ । लमजुङको बेसीशहर नगरपालिका ३ स्थित काउलेपानी सामुदायिक होमस्टेका सञ्चालकले च्याउ खेती प्रविधिबारे सीप सिकेका छन् । गाउँघरमै च्याउ खेती उत्पादन गर्न २२ होमस्टे सञ्चालकले तालिम पाएका हुन् ।

ग्रामीण सामुदायिक विकास केन्द्रद्धारा सञ्चालित युवा उत्थानशील परियोजना अन्तर्गत होमस्टे प्रवर्द्धनका लागि च्याउ खेती प्रविधि सिकाइएको संस्थाका कार्यक्रम व्यवस्थापक विश्व विनोद घिमिरेले बताए । उनका अनुसार उक्त परियोजना कर्क इन एक्टी र कर्डएडको सहयोगमा सञ्चालित छ ।

परियोजनाले लमजुङका होमस्टे गाउँको प्रवर्द्धनका लागि विभिन्न सीप सिकाउँदै आएको छ । काउलेपानीमा आउने पर्यटकलाई मध्येनजर गरेर सञ्चालकलाई च्याउ खेतीको तालिम प्रदान गरिएको हो ।

परियोजनाले होमस्टे गाउँमा ६ वटा कलस्टरमा सीप सिकाउने लक्ष्य लिएको छ । काउलेपानीमा च्याउ खेतीका लागि कार्यक्रम गरेको छ । बेसीशहर नगरपालिका २ मगरगाउँमा आलुको चिप्स बनाउने सीप सिकाइने छ ।बेसीशहर नगरपालिका(२ चिसापानी, सुन्दरबजार नगरपालिका(५ गहते र बागेडाँडामा मौरीको मह प्याकेजिङ, ब्राण्डिङ र लेभलिङको सीप सिकाइनेछ ।

सुन्दरबजार(९ सिख्रमा तरकारी खेती सीप प्रदान गरिने आरसीडीसीले जनाएको छ । परियोजनाले युवा तथा वैदेशिक रोजगारबाट फर्किएका व्यक्ति र साना किसानलाई लक्षित समूह बनाएर काम गर्दै आएको छ । परियोजना संयोजक अस्मिता गुरुङका अनुसार होमस्टे सञ्चालकलाई च्याउ खेतीका लागि पराल काट्ने, बीउ छर्ने, प्याकिङलगायतको सीप सिकाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com