२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

एमसीसीको विरोधमा विद्यार्थी संगठनले निकाल्यो मशाल जुलुस

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि र एमसीसीको विरोधमा नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले मशाल जुलुस निकालेका छ ।

अनेरास्ववियुले काठमाडौंको शंकरदेव क्याम्पसबाट मशाल जुलुस निकालेका थिए । सो क्रममा प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो । प्रर्दशनका क्रममा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर, महङ्गी नियन्त्रण गर, एमसीसी खारेज गरे लगाएका नारा लगाएका थिए ।

प्रदर्शनपछि आयोजित कोणसभामा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जनतालाई कर थपेर सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि उच्च बनाएको आरोप लगाए । करको मूल्य बढाएर जनताको जीवनयापन थप कष्टकर भएको भन्दै उनले जनताको चूलो निभाएर बालुवाटार हास्न नसक्ने बताए ।

उनले निगमभित्रको बेतिथि अन्त्य गर्नुपर्ने उल्लेख गरे । त्यस्तै उनले एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने जिकिर गरे ।

उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । यता नेकपा एकीकृत समाजवादीले पनि एमसीसीलाई यथावस्थामा अघि बढाउन नहुने बताउदै आएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com