२०८१ बैशाख १३ - Thu Apr, 2024 -

Janasewa News

राष्ट्रपति भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शनिबार शीतलनिवास पुगेका थिए ।

सरकाले स्थानीय निर्वाचनको मिति तोक्न नसकिरहेको अवस्थामा राष्ट्रपति भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिक परीस्थितीका बिषयमा कुराकानी भएको बताइएको छ । भेटमा स्थानीय तहको निर्वाचन र एमसीसीको बिषयमा पनि कुराकानी भएको बताइएको छ ।

राष्ट्रिपतिसहित एमाले र निर्वाचन आयोगको बैशाखमै स्थानीय तहको निर्वाचन गर्न सरकारलाई दवाद दिइरहेको छ ।
त्यस्तै पाँचदलीय गठबन्धनमा घाँडो बनेको एमसिसीको सम्बन्धमा एमाले र काँग्रेस मिलाएर पास गराउने सम्बन्धमा राष्ट्रपतिले भूमिका खेलिरहेको राजनीतिक वृतमा चर्चा चलिरहेको छ ।

एमसिसी पास गर्ने काँग्रेसको चाहना भएपनि गठबन्धनका मओवादी र नेकपा एकीकृत समाजवादीले भने अहिलेकै अवस्थामा हरहालतमा एमसिसी पास गर्न नहुने अडान राखिरहेको छ ।

यसअघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई सात बुँदे लिखित नोट बुझाउँदै स्थानीय तहको चुनावको वैशाखमै गराउन दबाब दिएकी थिइन्। उक्त नोटपछि राष्ट्रिपति भण्डारीको आलोचनासमेत भएको थियो ।

चौतर्फी दवावपछि प्रधानमन्त्री देउवा जेठमै स्थानीय तहको निर्वाचन गर्न तयार भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com