२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

आजदेखि फाइजर खोपको दोस्रो मात्रा

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने भएको छ । जिल्ला खोप समन्वय समिति काठमाडौंको गत २० माघको निर्णयअनुसार महानगरपालिकाले फाइजरको दोस्रो मात्रा खोप लगाउने गरी ३२ वटा वडैमा व्यवस्था मिलाएको हो ।

काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख बलराम त्रिपाठीले शनिवारबाहेक बिहान १० बजेदेखि ४ः०० बजेसम्म फाइजरको दोस्रो मात्रामा खोप कार्यक्रम सञ्चालन गर्न लागिएको बताएका छन् ।

खोप समन्वय समितिको निर्णयअनुसार वडाले तोकेका सम्बन्धित विद्यालयमा खोप केन्द्रमा लक्षित समूहमा १२ देखि १७ वर्ष उमेर समूहका पहिलो खोप लगाइ २१ दिन पूरा भएका बालबालिकाले मात्र सो खोप लगाउन पाउने उनले बताए ।

पहिलो मात्रा खोप लगाएको खोप कार्डको साथमा नजिकको खोप केन्द्रमा जानुपर्ने गरी काठमाडौँ महानगरपालिकाले सूचना जारी गरिसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com