२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

आज २४ घण्टामा थप १ हजार ५७० जनामा कोरोना पुष्टि, १३ को मृत्यु

काठमाडौं। पछिल्लो २४ घण्टामा थप १ हजार ५७० जनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८७४ जनाको पीसीआर परीक्षण गर्दा एक हजार २२ र तीन हजार ४९१ जनाको एन्टीजेन परीक्षण गर्दा ५४८ गरी एक हजार ५७० जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर ११ हजार ३६५ नमुना परीक्षण गरिएको थियो भने २४ घन्टाको अवधिमा १३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ४० हजार १११ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३८ हजार ८८३ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने एक हजार २२८ जना संस्थागत आइसोलेसनमा छन् ।

सोमबार थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख २ हजार २५९ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोरोनाबाट मृत्‍यु हुनेको संख्या ११ हजार ८२७ पुगेको छ भने ९ लाख १५ हजार ४८९ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com