२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सत्ता गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्न तयार : एमाले सचिव विश्वकर्मा

काठमाडौं । नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले सत्ता गठबन्धनसँग एमाले एक्लै प्रतिस्पर्धा गर्न तयार रहेको बताएका छन्। एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने डरले पाँच दलीय गठबन्धनका नेताहरुले गठबन्धनलाई चुनावसम्मै लैजाने कुरा गरिरहेको भन्दै उनले आफ्नो दल एक्लै निर्वाचन लड्न तयार रहेको बताए।

एमाले तिलोत्तमा नगर कमिटीले आज तिलोत्तमा नगरपालिकाको शङ्करनगरमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा सचिव विश्वकर्माले एमाले नै मुलुक र जनताको आशा र भरोसाको केन्द्र बनेको भन्दै अहिलेको सरकार केन्द्र वा प्रदेश कतै पनि देखिन छाडेको उल्लेख गरे।

नेता विश्वकर्माले एमसीसीबारे दोहोरो कुरा गरेर सत्तारूढ दलका नेताले जनतामा भ्रम फैलाउने काम गरेको आरोप लगाए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकातिर एमसीसीमा सहमति जनाउँदै अमेरिकालाई पत्र लेख्ने अर्कोतिर जनतामा आफूलाई एमसीसीविरोधी देखाएर दोहोरो चरित्र प्रदर्शन गरेको उनको टिप्पणी छ ।

एमाले पोलिटब्यूरो सदस्य लीला गिरीले पार्टीमा योगदान र क्षमताका आधारमा जिम्मेवारी प्रदान गरिने बताए । पार्टीमा कसैलाई काखापाखा वा भेद्भाव नगरिने पनि गिरीले बताए ।

अर्का पोलिटब्यूरो सदस्य दधिराम न्यौपानेले देशव्यापीरूपमा एमालेप्रतिको आकर्षण बढेको भन्दै अहिले सबैतिर पार्टी प्रवेशको लहर चलिरहेको उल्लेख गरे। आफ्नो दलमा प्रवेश गर्नेलाई नयाँ र पुरानोको आधारमा भेद्भाव नगरिने र कामको आधारमा मूल्याङ्कन र जिम्मेवारी प्रदान गरिने न्यौपानेको भनाइ थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com