२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

देउवा र प्रचण्डको पत्राचारमा कूटनीतिक मर्यादा मिलेनः देवप्रसाद गुरुङ

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई गरेको पत्राचार कूटनीतिक मर्यादा अनुरुप हुन नसकेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क ९एनआरएन० को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “तत्काल एमसीसी पास हुन सक्ने अवस्था नभएकाले समय थप्नका लागि हुने पत्राचारलाई अन्यथा मान्नुहुँदैन । तर जुन प्रक्रिया र विधिबाट पत्राचार गरियो, त्यसमा कूटनीतिक मर्यादा मिलेन भन्ने देखिन्छ । त्यसैले यसमा अनेक बहस र टिकाटिप्पणी भयो । यो आगामी दिनमा शिक्षा लिने विषय हो

तत्काल सदनमा एमसीसी पेस गर्ने वैधानिक आधार नभएको उनको दाबी छ । गुरुङले थपे, “एमसीसीका कतिपय प्रावधान राष्ट्रिय हित प्रतिकूल छन् । यसलाई राष्ट्रिय सहमतिका साथ संशोधनको पहल गर्नुपर्छ । विशुद्ध आर्थिक परियोजनामा रुपान्तरित नहुँदासम्म, पपुलर म्यान्डेट नलिँदासम्म यसलाई सदनमा पेस गर्ने वैधानिक आधार छैन ।

नेता गुरुङले स्थानीय तहको निर्वाचनको मिति घोषणा विमतिको विषय नभए पनि संविधान र कानुन बाझिएको कुरा विचार नगरिएको आरोप पनि लगाए । उनले भने, “स्थानीय तहको निर्वाचनका लागि ५ दलीय गठबन्धनले पहिले नै सिफारिस गरेकाले मिति घोषणा विमतिको विषय होइन । तर, संविधान र कानुन बाझिँदा कानुन संशोधन गर्नुपर्छ भन्ने कुरा भएको थियो । त्यसो नगरी गरिएको घोषणा कानुनसम्मत र संविधानसम्मत भयो कि भएन, कानुनी सल्लाहकारहरुले हेर्नुभएको होला ।

अहिले सत्ता गठबन्धन जारी भए पनि स्थानीय तहको निर्वाचनमा के हुन्छ अहिले नै भन्न नसकिने उनले बताए । गुरुङले थपे, “गठबन्धन रहने वा नरहने विषयगत मुद्दामा निर्भर हुन्छ । साझा मुद्दा र मान्यतामा मतभेद पैदा भए नहुन पनि सक्छ । अब कसरी जाने भन्ने कुरा निर्वाचनकै बेला थाहा हुन्छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com