इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिए

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा युनाइटेड अंक तालिकाको पुछारमा रहेको बर्नलेसँग १–१ को बराबरीमा रोकिएको हो ।
युनाइटेल बल पोसेसन आफ्नो पक्षामा राख्दै सुरुवाती आग्रता लिएपनि जोगाउन सकेन । युनाइटेडका लागि पउल पोग्वाले गोल गरेका थिए भने बर्नलेको लागि रोड्रिग्वेजले बराबरी गोल फर्काएका थिए ।
खेलको १८औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । उनले लुकासाको पासमा गोल गरेका थिए । तर युनाइटेडले दोस्रो हाफको शुरुमै गोल खान पुग्यो ।
४७औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले वाउट वेगह्रसटको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा खेल बराबरमा सकियो ।
यो बराबरीले युनाइटेडले चौथो स्थान गुमाएको छ । युनाइटेड २३ खेलबाट ३९ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । बर्नले २० खेलबाट १४ अंक जोडेर पुछारमा यथावत रहेको छ ।