२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा लगाएत ६ दल र दुई मोर्चाले आज एमसीसीविरुद्ध प्रदर्शन गर्दै

काठमाडौँ । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताविरुद्ध आन्दोलन घोषणा गरेका ६ कम्युनिस्ट पार्टी र दुई मोचाले आज काठमाडौं उपत्यकामा प्रदर्शन गर्ने भएका छन् ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी) नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र समाजवादी), राष्ट्रिय जनमोर्चा र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले दिउँसो १२ बजे प्रदर्शन गर्ने भएका हुन् ।

नेताहरूका अनुसार माइतीघरबाट सुरु हुने प्रदर्शन संसद्‌ भवन नयाँबानेश्वरसम्म पुग्नेछ । यसबाहेक आजै देशभर प्रर्दशनको पूर्वनिर्धारित कार्यक्रम पनि छ ।

सरकारले एमसीसी संसद्‍बाट अनुमोदन गराउने तयारी थालेपछि ६ दल र दुई मोर्चा विरोधमा उत्रिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com