२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

१४ संक्रमितको मृत्यु थप २४०१ जनामा कोरोना पुष्टि

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ३५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ११ हजार ६०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ८५१ जना र ४ हजार ७५३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा ७ हजार ७७७ जना संक्रमितहरु निको भएका छन्, भने १४ संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा २ लाख ४६ हजार ७८३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हाल नेपालमा ३० हजार २४१ जना सक्रिय संक्रमितहरुका रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com