२०८१ बैशाख २८ - Fri May, 2024 -

Janasewa News

स्थानीय निर्वाचन रोक्न सर्वोच्चमा मेयरले दिए रिट

काठमाडौं । मन्त्रिपरिषद्को बैठले आगामी वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचनविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट दरपीठ भएको छ ।

बुधबार महोत्तरी भंगहा नगरपालिकाका प्रमुख ९मेयर० सञ्जीवकुमार साहले पाँच वर्षे कार्यकाल नपुगेको भन्दै मन्त्रिपरिषद्को निर्णय खारेज गर्न दिएको रिट सर्वोच्चले दर्ता गर्न अयोग्य भएको भन्दै दरपीठको आदेश दिएको हो ।

सर्वोच्चका रजिष्ट्रार नारायणप्रसाद पन्थीले उक्त निवेदन दर्ता गर्न अयोग्य रहेको निष्कर्षसहित दरपीठको आदेश दिएका हुन् ।

नगरप्रमुखको ५ वर्षको कार्यकाल घटाउने प्रबल सम्भावन रहेको भनी विनाआधार प्रस्तुत निवेदन लिई आएको हुँदा सर्वोच्च अदालतमा नियमावली, २०७४ को नियम १८ समेतका आधारमा दर्ता गर्न मिलेन । मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १२८ तथा सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १८ बमोजिम दरपीठ गरि दिइएको छ । कानुन बमोजिम गर्नु ।’

मेयर साहले आफू ७ असोज २०७४ मा निर्वाचित भएको र आफ्नो कार्यकाल ६ असोज २०७९ मा सकिने भन्दै वैशाख ३० मा निर्वाचन गर्दा पाँच वर्ष कार्यकाल पूरा नहुने भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com