२०८१ बैशाख ८ - Sat Apr, 2024 -

Janasewa News

गठबन्धन सरकारको नियतमा खोट छ : वृषेशचन्द्र लाल

काठमाडौँ । पूर्व राष्ट्रियसभा सदस्य वृषेशचन्द्र लालले वर्तमान गठबन्धन सरकारको नियतमै खोट रहेको बताएका छन् । उनले प्रत्येक नागरिकलाई नागरिक–अधिकारबाट वञ्चित गरेर सरकारले भेदभाव गरेको भन्दै मधेशी समुदाय सरकारको भेदभावबाट शिकार हुने गरेको आरोप समेत लगाए ।
बुधबार जनकपुरमा भएको एक कार्यक्रममा लालले देशका हरेक नागरिकलाई मतदानको अधिकार बराबर रहेकाले सरकारलाई यो अधिकारबाट कसैलाई वञ्चित नगर्न आग्रह समेत गरे ।

‘संसद र सरकारको आलटालको कारण नागरिकता सम्बन्धी कानून अहिलेसम्म पूर्णता पाएको छैन’, उनले भने, ‘परिणामस्वरुप जन्मसिद्ध नागरिकता भएका सन्तान, वैवाहिक अंगीकृत नागरिकता पाउन योग्य नागरिक लगायतका उल्लेख्य संख्यामा नागरिकताको प्रमाण–पत्र पाउन सकेका छैनन् र त्यसकारणले उनीहरुको नाम मतदाता नामावलीमा समावेश गरिएका छैनन् ।’

उनले अघिल्लो सरकारले अध्यादेश ल्याएर नागरिकता सम्बन्धी समस्या समाधान गर्न खोजेपनि वर्तमान सरकारले नागरिकता सम्बन्धी अध्यादेश ल्याउन आलटाल गरेको आरोप लगाए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com