२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

अफगानिस्तानमा तत्काल सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने : यूनिसेफले

काबुल । अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठूलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दाबा गरिएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको राष्ट्रसंघीय बालकोष (यूनिसेफ) ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो ।

यूनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ । विषेश गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले बालबालिकाहरुमा कुपोषणलगायतका रोगसँगै विभिन्न समस्याहरू उत्पन्न भएकाले उनीहरूको जीवन जोखिममा रहेको यूनिसेफका अधिकारीहरूको भनाइ छ ।

“तत्काल ठोस सहयोग गर्ने कार्य गरिएन भने कम्तीमा दश लाख बालबालिकाको ज्यान जान सक्छ, त्यसैले उच्च प्राथमिकताका साथ सहयोगका लागि काम गर्नुपर्ने टट्कारो आवश्यकता छ,” अफगानिस्तानस्थित यूनिफेसको कार्यालयले उल्लेख गरेको छ ।

कुपोषणलगायतका विभिन्न समस्याबाट ग्रसित बालबालिकाहरूको सङ्ख्या पनि दिन प्रतिदिन बढी रहेको यूनिसेफले जनाएको छ । बालबालिकालाई आवश्यकताअनुसार पोषणयुक्त खाद्य पदार्थ उपलब्ध गराउन सरकारले नसकेको अफगानिस्तानको स्वास्थ्य मन्त्रालयले पनि स्वीकार गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com