२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

आजदेखि नेपाल-भारत सीमा नाका चार दिन बन्द

बैतडी । भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो ।

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ पाँच बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com