२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक लगातार तेस्रो दिन आज पनि बस्दै

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक लगातार तेस्रो दिन आज ९शुक्रबार० पनि बस्ने भएको छ । बैठकमा नेताहरु निरन्तर बोल्नेक्रम रहेकाले तेस्रो दिन आज पनि बस्न लागेको हो ।

आजको बैठकमा बोल्न बाँकी रहेका नेताहरुले आफ्नो धारण राख्ने नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । काँग्रेसको केन्द्रीय कार्यसम्पादन बैठकमा एससीसी परियोजना, स्थानीय तहको निर्वाचन, भ्रातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन लगायतका विषयमा छलफल भइरहेको छ ।

प्रवक्ता महतका अनुसार बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्लामा छिटो अधिवेशन सक्नुपर्ने विषयमा नेताहरुले धारणा राखेका थिए । ३७ सदस्यीय कार्यसम्पादन समितिका १२ जनाभन्दा धेरै नेताले आज धारणा राखेका छन् ।

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति३७ सदस्यीय रहेको छ । समितिमा प्रधानमन्त्री एवं सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर, भीष्मराज आङ्देम्बे, उमाकान्त चौधरी, महेन्द्र यादव, महालक्ष्मी उपाध्याय डिना, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार रहेका छन्।

यसैगरी समितिमा नेता गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधी, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, चित्रलेखा यादव, डा रामशरण महत, अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, सुनिलबहादुर थापा, डा शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, डा नारायण खड्का, जीपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुङ्गाना रहेका छन् ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक आजै सक्ने तयारी छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com