२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ : अध्यक्ष केपी शर्मा ओली

जनसेवान्युज संवाददाता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघको अब हुने निर्वाचनमा नेकपा एमाले एक्लैले बहुमत ल्याउने दावी गरेका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभराम्भ गर्दै अध्यक्ष ओलीले वर्तमान सरकार स्थानीय तह निर्वाचनप्रति सरकार सकारात्मक नहुनुमा विगतमा एमालेले ल्याएको परिणाम रहेका पनि बताए ।

उनले भने, ‘एमालेको बर्चस्व यिनीहरुलाई बिझाइरहेको छ । अब आउँदो निर्वाचनमा बहुमत जित्छौ । के गर्लान् विचराहरु रु’ ओलीको भनाइ छ । उनले चेतावनीको शैलीमा भने, ‘म भन्न चाहान्छु । भाग्न उम्किने ठाउँ छ भने खोजे हुन्छ । आउने संघीय र प्रदेश निर्वाचनमा पनि बहुमत ल्याउँछौ ।’

उनले एमालेले कसैलाई निर्वाचनबाट भाग्न नदिने भन्दै अबको निर्वाचनमा बत्ति निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने सपना नदेख्न चेतावनी दिए । ‘हामी कसैलाई निर्वाचनबाट भाग्न दिने छेनौ, मतपत्र च्यातेर र बत्ति निभाएर जित्ने सपना नदेखे हुन्छ ।’ उनले एमाले जनप्रतिनिधिहरुले स्थानीय तहमा अत्यन्तै राम्रो काम गरेको भन्दै उनीहरुको प्रशंसा गर्दै उनले औचित्य र आवश्यकता पुष्टि गर्नेगरी भएका कामप्रति धन्यवाद व्यक्त गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com