२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

विश्व बैंक समूहको आइडीएबाट ६ महिनामा विकास सहायता ११ अर्ब ५१ करोड

नेपाल सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमा दुई खर्ब ५९ अर्ब ३५ करोड ६० लाख रुपैयाँ स्रोत प्रतिवद्धता जनाएका नौ प्रमुख विकास साझेदारले ६ महिनाभित्र औषतमा १२.४१ प्रतिशत रकम उपलब्ध गराएका छन् । एसियाली विकास बैंक (एडीबी) ले सबैभन्दा धेरै सहायता प्रतिवद्धता जनाएको छ ।

८८ अर्ब ८१ करोड आठ लाख रुपैयाँ स्रोत उपलब्ध गराउन प्रतिवद्धता जनाएको एडीबीले अहिलेसम्म पाँच अर्ब सात लाख अर्थात प्रतिवद्धताको ५.९७ प्रतिशत रकम उपलब्ध गराएको हो । एडीबीले ‘पोलिसी बेस्ड लेन्डिङ’ ९पीबीएल० अन्तर्गत पनि ११ अर्ब ६० करोड रुपैयाँ प्रतिवद्धता जनाएको छ । सो प्रतिवद्धतामध्ये एक अर्ब आठ करोड रुपैयाँ सहायता नेपाललाई दिइसकेको छ ।

भारतले एक्जिम बैंकबाट १७ अर्ब ७३ करोड ४४ लाख रुपैयाँ ऋण दिने प्रतिवद्धता जनाएकोमा विकास साझेदारमध्ये सबैभन्दा कम अर्थात ५७ अर्ब ८१ करोड रुपैयाँमात्रै उलब्ध गराएको छ । भारतले ६ महिना अवधिमा प्रतिवद्धताको ३।२६ प्रतिशत रकममात्रै नेपाललाई उपलब्ध गराएको हो ।

यो अवधिमा नेपाललाई सबैभन्दा धेरै सहायता विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संस्था (आइडीए) ले उपलब्ध गराएको छ । ५५ अर्ब ३६ करोड ७५ लाख प्रतिवद्धतामध्ये चार अर्ब ६८ करोड ४४ लाख रुपैयाँ उपलब्ध गराइसकेको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

आइडीएले ‘डेभलपमेन्ट पोलिसी क्रेडिट’ ९डीपीसी० अन्तर्गत पनि २५ अर्ब ५४ करोड ५१ लाख रुपैयाँ सहायता उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । सो संस्थाले हालसम्म प्रतिवद्धताको २६.७२ प्रतिशत अर्थात ६ अर्ब ८२ करोड ६० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com