२०८१ बैशाख ७ - Fri Apr, 2024 -

Janasewa News

हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहित नयाँ पार्टी खोल्न लागेको हुँ : नेता कमल थापा

विराटनगर । राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले एमसीसी आर्थिक सहयोग भएकाले राजनैतिक दलहरुबीचको सहमतिमा पारित गर्नुपर्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता थापाले एमसीसी आर्थिक सहायता भएकाले यसलाई लिदा कुनै फरक नपर्ने र यसबारे उठेका प्रश्नहरुको सरकारले जवाफ भने दिनुपर्ने धारणा व्यक्त गरे ।

उनले एमसीसीलाई तत्काल संसदमा प्रवेश गराएर छलफल गराउनुपर्ने जिकिर समेत गरे । यसका साथै उनले मुलुकको भू–राजनैतिक अवस्थाका कारण साझा अभिभावकको रुपमा आलंकारिक र संवैधानिक राजसंस्था रहनुपर्ने मान्यतासहित फागुनको पहिलो साता नयाँ पार्टी स्थापना गर्ने जानकारी दिएका छन् ।
नेता थापाले आफूले हिन्दू राष्ट्र, सुशासन र समृद्धिको एजेण्डासहित नयाँ पार्टी खोल्न लागेको जानकारी दिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com