२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

हृदयश त्रिपाठीद्वारा नयाँ दल दर्ताका लागि निवेदन

काठमाडौँ । सूर्य चुनाव चिह्नबाट गत संघीय संसदको चुनावमा जित हातपारेका हृदयश त्रिपाठीले नयाँ दल दर्ताको लागि निवेदन दिएका छन् । उनले आफ्नो अध्यक्षतामा जनता प्रगतिशील पार्टी नेपाल दर्ताका लागि निर्वाच आयोगमा निवेदन दिएका हुन् । दल दर्ताका लागि त्रिपाठीले शुक्रबार निर्वाचन आयोगमा निवदेन दिएका छन् ।

उक्त पार्टीका महासचिव ईश्वरदयाल मिश्रका अनुसार पार्टीको विधान, घोषणापत्र लगायत कार्यसमिति सदस्यको हस्ताक्षर र अन्य कागजातसहित दल दर्ताको निवेदन दिएका छन् । ३० सदस्यीय कार्यसमितिमा रहेका १५ जनाले सनाखतसमेत गरेका छन् भने अन्यले आइतबार गर्ने उनको भनाइ छ ।

जनता प्रगतिशील पार्टीको वरिष्ठ उपाध्यक्षमा डा।शिवजी यादव र तीनजना उपाध्यक्षमा हर्ककलाल सिंहराजवंशी, मोहम्मद साविर हुसैन र फरहान अकवाल खाँ छन् । महासचिवमा मिश्रका साथै डा।भरतकुमार थापा रहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com