२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी

झापा । झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ । मेचीनगर नगरपालिका वडा नं. १४ दुहागढीस्थित मगमग चाउचाउ कारखानामा आज विहान करिब ४ः३० बजेदेखि आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आगलागी निभाउनका लागि झापा, मोरङ, इलाम र सुनसरी जिल्लाका दर्जनबढी दमकल प्रयोग भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले जानकारी दिए । उनका अनुसार आगलागी नियन्त्रणमा प्रयास जारी रहे पनि अझै सफल हुन नसकिरहेको बताए ।

केही दिन अघि मेचीनगर ६ काँकरभिट्टाको एसएस फुटवेयरमा भएको भीषण आगलागीमा साढे आठ करोड बढीको क्षति भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com