२०८१ बैशाख १२ - Wed Apr, 2024 -

Janasewa News

माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने खतरा आधा घट्यो

दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा रहेको माथिल्लो तामाकोसीको जलाधारमा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको खतरा पहिलेभन्दा आधा घटेको पाइएको छ । रेनोल्डस् इन्टरनेसनल लिमिटेडविज्ञ प्रा।डा। जोन रेनोल्डस् र नरकन्सल्ट्यान्ट एएसका विज्ञ हाइड्रो इन्जिनियर स्वेरे एडभर्सनसँगको तामाकोसी र रोल्वालिङ जलाधारमा रहेका हिमताल र हिमतालीय जोखिमबारे काठमाडौँमा भएको एक अन्तक्र्रिया कार्यक्रममा हिमताल विस्फोट भएर आउन सक्ने बाढीको मात्रा पहिलेको भन्दा आधा घटेको जानकारी गराइएको तामाकोसी जलविद्युत् आयोजनाका इन्जिनियर विमल गुरुङले बताए ।

उनका अनुसार विज्ञ रेनोल्डस्ले गत सन् २००४ मा गर्नुभएको अध्ययनले माथिल्लो तामाकोसीको बाँध÷जलाशयभन्दा उत्तर तामाकोसी नदीको जलाधारमा अधिकतम पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफ रहेकोमा अहिले घटेर दुई हजार २५० घनमिटर प्रतिसेकेन्ड भएको हो । बाँध, लामाबगर क्षेत्रसहित तल्लो तटीय क्षेत्रमा सम्भावित बाढीको असर कम हुने देखिएको छ । सन् २००४ मा प्रा।डा। रेनोल्डस्ले गरेको अध्ययनमा देखाइएको च्छोरोल्पा तालको छ हजार पाँच सय घनमिटर प्रतिसेकेन्डको सम्भावित जीएलओएफकै आधारमा आयोजनाको विद्युत् गृह र टेलरेसको अवस्थिति डिजाइन गरी निर्माण गरिएको पनि उनले स्पष्ट पारे । आयोजनाको बाँध पाँच हजार घनमिटर प्रतिसेकेन्ड जीएलओएफलाई थेग्ने गरी निर्माण गरिएको पनि उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com